११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

सिरहा शिक्षा ईकाइका महतोको सरुवा भएपनि असुली गर्दै

Logo
प्रकाशित बिहिबार, भाद्र ०९, २०७९

न्यूजमधेश डेस्क
लहान, ९ भाद्र । घुसको लत लागेपछि सरुवा बढुवालाई पनि नियन्त्रण गर्न सकिन्छ । सिरहामा आजभोली यस्तै घुस लतका एक शाखा अधिकृत तलमाथी मिलाएर सक्रिय छन् ।

शिक्षा विकास तथा समन्वय इकाई सिरहाका रामबृक्ष महतोलाई निजामती किताब खानामा सरुवा गरिएको छ ।

नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९÷४÷१५ को निर्णय अनुसार रास्ट्रिय किताब खाना मा कार्यरत देखाइरहेको छ । तर, महतो सिरहा शिक्षा ईकाईमा रकम असुली लागेका छन् ।

रामबृक्ष महतोले निजामती सेवा नियमावली २०५० को नियम ३९ र ४० बिपरित सिरहा इकाईमा घुस कारोबारमा सक्रिय छन् ।
महतोले शिक्षक सरुवा, बढुवा र कार्यालय कार्यमा नक्कली बील बनाएर घुसखोरी तिब्र पारेको छ ।

नाम सार्वजनिक नगरिदिने सर्तमा एक शिक्षकले महतोको सरुवा भएपनि माथिलो निकायलाई मिलाएर थमोटीको चक्करमा छन् । महतो घुसखोरीमा सक्रिय हुँदा सिरहाका शिक्षक संघसंगठनले विरोध गरेको छ ।

पद्को दुरुपयोग गरि घुसखोरीमा सक्रिय रहेपनि सरोकारबाला निकाय मौन छन् । दुधको साक्षी विरालो सरह सरोकारवाला निकाय चुपी साधेका छन् । जहाँ सरुवा भएको २१ दिनभित्र हाजिर हुन नगए बिभागिय कारबाही हुने व्यवस्था छ । महतोको हक यो लागु हुन्छ हुँदैन ? एक शिक्षकको प्रश्न छ । यसवारे महतोलाई मोबाइल नम्बर ९८५२८३१५१५ मा सम्पर्क गर्दा स्वीचअफ गरिएको छ ।नवसंग्राम दैनिकमा आज छापिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]