११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

माओवादी नेता शुक्लाको नेतृत्वमा १५१ जना जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित आइतबार, भाद्र १२, २०७९

न्यूजमधेश डेस्क
रुपन्देही ,१२ भाद्र।माओवादी केन्द्रका नेता बब्लु शुक्लाको नेतृत्वमा १५१ जना जनमत पार्टीमा प्रवेश गरेका छ्न ।

रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका शुक्लासहित १५१ जना विभिन्न पार्टीका नेताहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीले जानकारी दिएको छ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले असुरैनामामा एक कार्यक्रम बिच पार्टीमा फुलमाला लगाएर प्रवेश गराएका हुन् ।

२०७४ को चुनावमा शुक्ला सम्मरीमाई गाउँपालिका अध्यक्षमा चुनाव जितेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]