न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ भाद्र।जनता समाजवादी पार्टी महोत्तरीका नेता कुशेश्वर साह जनमत पार्टीमा प्रवेश गरिएको छ।
आइतबार जनकपुरधामस्थित पार्टीका केन्द्रिय सचिवालयमा राखिएको भेटघाट कार्यक्रममा नेता साहसहित दर्जनौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी परित्याग गरि जनमतमा प्रवेश गर्नुभएको हो।
नवप्रवेशीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमालासहित अबिरको टीका लगाएर पार्टीमा स्वागत गरेको हो।
नेता साह मटिहानी गाउँपालिकाका निर्वाचन उपाध्यक्षका श्रीमान हुन।