०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

धनुषा -२ ‘क’ मा कांग्रेसले गर्‍यो राजेश्वर गोइतसहित ४ जनाको नाम सिफारिस

Logo
प्रकाशित बुधबार, भाद्र २२, २०७९

न्यूजमधेश डेस्क
कमला,२१ भाद्र।धनुषा निर्वाचन क्षेत्र नं.२ ‘क’ मा नेपाली कांग्रेस धनुषाले मंसिर ४ गते हुने आम निर्वाचनका लागि राजेश्वर गोइतसहित ४ जनाको उम्मेदवार सिफारिस गरिएको छ।

नेपाली कांग्रेस धनुषा जिल्ला सचीव कन्हैया कर्णका अनुसार प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र नम्बर-२ को (क) मा राजेश्वर गोइत, दिनेशकुमार यादव, धर्मनाथ यादव र रामउदगार यादवको नाम सिफारिस गरिएको छ।

त्यसैगरी,यसै क्षेत्रमा समानुपातिकतर्फ प्रेमचन्द्र झा, कूलदेव गोइत यादव, मनोहर ठाकुर, सुचितलाल मरिक, रामचन्द्र मण्डल, देवनारायण मण्डल, पुनम देवी, भारती कार्की, रेखा देवी महरान, रामसुन्दर महरा र अमृता चौधरीलगायत ११ जनाको नाम सिफारिस भएर आएको सचिव कर्णले बताउनुभयो ।

धनुषा निर्वाचन क्षेत्र–२ का लागि प्रतिनिधिसभातर्फ प्रत्यक्षमा केन्द्रीय सदस्य रामकृष्ण यादव र मुक्ताकुमारी यादवको नाम सिफारिस गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]