२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

मोटरसाइकल चोरी गरेका ३ जना युवक प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित सोमबार, भाद्र ०२, २०७६

रौतहट । मोटरसाइकल चोरी गरेको ३ जना युवकलाई प्रहरी नियन्त्रणमा लिएको छ। रौतहटबाट चोरिएका मोटरसाइकल बाराको कोलहवीमा स्वरुप परिवर्तन गर्ने ग्यारेज पनि फेला पारेको छ ।

चार दिनअघि रौतहटको चन्द्रनिगाहपुरबाट चोरी भएको एउटा मोटरसाइकलको खोजी गर्दै जाँदा रौतहट प्रहरीले ३ जनाको गिरोहलाई पक्राउ गरेको हो ।

साउन ३१ गते राती २ बजे वृन्दावन नपा–३ का सोनालाल प्रसाद यादवको ना४६प २२८२ नम्बरको २२० सिसीको कालो रंगको पल्सर मोटरसाइकल चोरी भएको थियो ।

सोही घटनाबारे जिल्ला प्रहरी कार्यालय गौरमा दिएको जानकारी र बिषेश सूचनाको आधारमा घटनाको भोलिपल्ट साउन ३२ गते खटिएको अपराध अनुसन्धान टोली र स्थानीय प्रहरीको सहयोगमा बाराको कोलहवी–९ श्रीपुरस्थित एउटा ग्यारेजमा छापा मारेको थियो ।

छापा मार्ने क्रममा ग्यारेजमा मोटरसाइकलको पार्टपुर्जा परिवर्तन गर्ने चोर गिरोहमध्ये तिनजनालाई पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ । पक्राउ पर्ने तिनैजना मोटरसाइल चोरहरु रहेको खुल्न आएको छ ।

रौतहट फतुआ विजयपुर–११ का १९ वर्षीय कमल चौधरी, सोही ठाँउका २३ वर्षीय अरुण चौधरी र २७ वर्षीय अकिलेश चौधरी पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

उनीहरुको साथबाटस्वरुप परिवर्तन गरिएको एउटा मोटरसाइकल र अन्य मोटरसाइकलको विभिन्न पार्टपुर्जा बरामद भएको एसपी खत्रीले बताए ।

पक्राउ परेका चोरीका आरोपीहरुले रौतहटबाट ३ वटा मोटरसाइकल चारेी गरेको स्वीकारेको छन् । उनीहरुले गत असार १९ गते चन्द्रपुर–४ बाट ना६२प९४९० नम्बरको कालो रंगको २२० सिसिको पल्सर मोटरसाइकल चोरेको प्रहरी समक्ष बयान दिएका छन् ।

यस्तै गत साउन २९ गते सोही ठाँउ बाट ०२३–००१ प ४२२० नम्बरको १५० सिसिको कालो पल्सर र मौलापुरस्थित इन्द्रधनुुष पेट्रोलपम्प अगाडीबाट बिआर ३०यु६६०६ नम्बरको १५० सिसिको कालो पल्सर चोरेर ल्याएको स्विकार गरिसकेको एसपी खत्रीले बताए ।

उनीहरुले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याउने र मोटरसाइकलको स्वरुप परिवर्तन गरी नक्कली भारतीय नम्बर बनाएर बेच्ने गरेको खुलेको छ । कतिपय मोटरसाइकलको पार्टपुर्जा खोलेर बेच्ने गरेको समेत पाइएको छ ।

उनीहरुविरुद्ध चोरी सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाई अनुसन्धान भइरहेको प्रहरीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]