०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

वीरगञ्जमा मधेश विश्वविद्यालयको स्थापना

Logo
प्रकाशित बिहिबार, भाद्र २३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२३ भाद्र।मधेश प्रदेश सरकारले वीरगञ्जमा मधेश विश्वविद्यालय स्थापना गरिएको छ।

बुधबार मधेश प्रदेश सरकारको अगुवाइमा वीरगञ्जमा भव्‍य कार्यक्रमको आयोजना गरेर मधेश विश्वविद्यालय स्थापना भएको हो ।

विश्वविद्यालयको उपकुलपतिमा वीरगञ्ज पब्लिक क्‍याम्पसका सञ्चालक प्राध्यापक डाक्टर दिपक शाक्यलाई नियुक्त गरिएको छ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले बुधवार विश्वविद्यालयको उदघाटन गरे । मधेशमा उच्च शिक्षाको विकासका लागि मधेश विश्‍वविद्यालय कोशेढुंगा सावित हुने उनले विश्‍वास व्यक्त गरे ।

उनले भने, ‘वीरगञ्जमा पहिलेदेखि नै विश्वविद्यालय स्थापनाका लागि प्रयास हुँदै आएको थियो । तर सरकारले स्वीकृति नदिंदा सार्थकता पाउन सकेको थिएन । मधेश सरकारले त्यो सपना पूरा गरिदियो।’ विश्वविद्यालयको कार्यालय वीरगञ्जस्थित नेशनल ट्रेडिङको भवनमा स्थापना भइसकेको छ ।

पर्सा जिल्लामा १०० बिघा जमिन खोजेर विश्वविद्यालयको थप संरचनाहरू बनाउने तयारी छ । स्थापना समारोहमा मुख्यमंत्री मोहम्मद लालबाबु राउत, वीरगञ्‍ज महानगरका नगर प्रमुख राजेशमान सिंह, जनकपुरधाम उप–महानगरपालिकाका पूर्व मेयर र जसपाका राजनीति समिति सदस्य लालकिशोर साह लगायत सहभागी थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]