२७ फाल्गुण २०८१, बुधबार
12-03-2025 , Wed
×

नेकपा एमालमा प्रवेश गर्दै लोसपाका सचेतक अरगरिया

Logo
प्रकाशित बिहिबार, भाद्र ३०, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,३० भाद्र। लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य तथा सचेतक उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन्। आफू एमाले प्रवेश गर्न लागेको उनले पुष्टि गरे।

अरगरियालाई पार्टी प्रवेश गराउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली यही असोज ८ गते अरगरियाको क्षेत्र धनुषा-२ जाने बताइएको छ।

२०७४ को निर्वाचनमा अरगरिया धनुषा-२ बाट तत्कालीन संघीय समाजवादी फोरमको उम्मेदवारको रुपमा जितेका थिए। त्यतिबेला उनले ३२ हजार ४४ मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रामचन्द्र झाले भने १८ हजार ७१५ मत पाएका थिए।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएर समाजवादी पार्टी गठन भएको थियो। सो पार्टीले राष्ट्रिय जनता पार्टीसँग एकता गरी जनता समाजवादी पार्टी गठन भएको थियो। जसपा विभाजनका बेलामा भने उनी उपेन्द्र यादव नेतृत्वको पार्टी नलागी महन्थ ठाकुर नेतृत्वको पार्टी लोसपातिर लागेका थिए।

अरगरियालाई लोसपाबाट पुनः धनुषा-२ बाटै उम्मेदवार बन्न एकल सिफारिसमा परेका थिए। तर, उनी भने एमाले प्रवेश गर्न लागेका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]