११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा जनमत पार्टीद्वारा प्रदर्शन

Logo
प्रकाशित बुधबार, आश्विन ०५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ असोज।राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा जनमत पार्टीले सिरहामा विरोध प्रदर्शन गरेको छ।

प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कसहामा प्रदर्शन गरेका हुन्।

राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको विरोधमा टायर बालेर करिब आधा घण्टा राजमार्ग ठप्प गरेको जनमत युवा संघका सिरहा जिल्ला अध्यक्ष पवन यादवले जानकारी दिए।

नेता यादवका अनुसार बिहान साढे ७ बजेदेखि ८ बजेसम्म चक्काजाम गरिएको थियो।

सवारीसाधन आवागम ठप्प भएपछि प्रहरीले हस्तक्षेप गरेर राजमार्ग खुलाएको थियो।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सिरहाको औरही गाउँपालिकामा पार्टी प्रवेश तथा सभा सम्बोधन गर्न आज दिउँसो आउँदैछन्।

उनको निर्देशनपछि आन्दोलनबारे थप कार्यक्रम घोषणा हुनसक्ने यादवले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]