जनकपुरधाम ।विश्व मुटु दिवस २०२२ को अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा साथ तथा सहयोग दिनुहुने कायापलट, एकिकृत बाल क्लब, लायन्स क्लव अफ जनकपुरधाम र लियो क्ल्व अफ जनकपुरधाम , युवा तथा शुभेच्छुक सम्पूर्णमा हार्दिक कृतज्ञता प्रकट गर्दछौँ । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा नेपाल हार्ट फाउण्डेशन जनकपुरधामको आयोजनामा आयोजित कार्यक्रममा वृहत्तर जनकपुरधाम क्षेत्र विकास कोषका अध्यक्ष शितल साह ज्यूको प्रमुख अतिथि तथा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुरधामका प्रमुख डा. राजेश साह ज्यूको अध्यक्षता तथा जनकपुरधाम वडा नं १० का वडाध्यक्ष तथा नेपाल हार्ट फाउण्डेशनका कोषाध्यक्ष मिथिलेश कर्णा ज्यूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा गंगालाल राष्ट्रिय हृदय केन्द्रको भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने तथा सरोकारवालालाई निरन्तर गुहार माग्दा पनि सुन्वाई नभएकोले जनमानसमा दवाव तथा अपिलको लागि हार्दिक अनुरोध गर्दछौं।