०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

धनुषा -३ का गाउँ गाउँमा घरदैलो गर्दै प्रतिनिधि सभाको उम्मेदवार ई.शम्भुनाथ साह

Logo
प्रकाशित आइतबार, आश्विन ३०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,३० असोज।अगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको आम निर्वाचनका लागि जकपुरधाममा जनमत पार्टीका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छ्न।

राजनीतिक दल र स्वतन्त्ररुपमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका उम्मेदवारसहित नेताकार्यकर्ताहरु लगायतका पदमा उम्मेदवारी दिएसँगै यहाँ भोट माग्न घरदैलो अभियान सुरु भएको छ ।

धनुषा निर्वाचन क्षेत्र नं.३ मा जनमत पार्टीबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका ई.शम्भुनाथ साह र प्रदेश सभा (क) का उम्मेदवार डा.प्रसन्न कुमार झा र प्रदेश सभा (ख) सदस्य पदको उम्मेदवार रामबाबु साह ( कलवार)ले पार्टीका नेताकार्यकर्तासहित घरदैलो अभियान सुरु गरिसकेको जनमत पार्टीका नेता सुरेश साहले जानकारी दिएको छ।

नेता साहको अनुसार धनुषा निर्वाचन क्षेत्र नं.३ अन्तर्गत रहेका नगरराइन बजार,देपुरा रुपिठा,बसहियालगाइतका गाउँहरुमा घर्दैलो कार्यक्रम सम्पन्न भएको छ।घर्दैलोको क्रममा जनताले जनमत पार्टीका उम्मेदवारहरुलाई जिताउन उत्साहित रहेको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]