२८ फाल्गुण २०८१, बिहिबार
13-03-2025 , Thu
×

ई.शम्भुनाथ साहको पहलमा निरन्तर विदेशमा ज्यान गुमाएका मधेशीको शव उद्धार

Logo
प्रकाशित शनिबार, कार्तिक ०५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार ई.शम्भुनाथ साहको पहलमा वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएकाहरुको शव निरन्तर उद्धार हुँदै आइरहेको छ।

नेपालमा रोजगारी नपाएका युवाहरु वैदेशिक रोजगारमा गएका
धनुषाको एक युवकको मृत्यु भएपछी उनको शव गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय अध्यक्षसमेत रहेका उम्मेदवार ई.साहको पहलमा उद्धार गरि उनको परिवारजनलाई बुझाए छ।

धनुषाको नगराइन नगरपालिका -८ का सितेश मण्डलको कतारमा मृत्यु भएको थिए।उनको परिवारजनले थुप्रै पार्टीका नेताहरुलाई मण्डलको शव कतारबाट उद्गार गराइदिन आग्रह गरेपनि उनितर्फ कसैको ध्यान पुगेन।त्यसैक्रममा यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार ई.शम्भुनाथ साहलाई मृतकको परिवारजनले जनकारी गराए लगतै उनको शव उद्धार कार्यमा जुटेका थिए।

अन्ततः ई.साहले मृतक मण्डलको शव उद्धार गर्नमा सफल भएका हुन।आज मृतक मण्डलको शव उनको परिवारजनलाई बुझाएको छ।

ई.साह करिब एक हप्तामा वैदेशिक रोजगारको क्रममा कतार ,साउदी ,दुबई र मलेसियामा मृत्यु भएका एक दर्जनभन्दा बढी शवहरु उद्धार गरेका हुन। उनी पहिलादेखी नै यस्ता कार्यहरु गर्दै आइरहेको हो।

मृतक मण्डलको परिवारजनले शव उद्धार गर्ने गरै आवासीय मधेशी संघ कतारका पदाधिकारीहरुलाई धन्यवाददिदै उनले भने,हाम्रो परिवारको लागि ई.शम्भुनाथ साह भगवान बन्नुभयो,उहाँ र उहाँको साथीहरुकै कारण आज सितेशको मुख हेर्न पाएको छु।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]