२९ फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

बारामा अवैध २० किलो गाँजासहित पाँच जना पक्राउ

Logo
प्रकाशित बिहिबार, कार्तिक १०, २०७९

न्यूजमधेश डेस्क
बारा ,१० कार्तिक । २० किलो अवैध गाँजासहित बारा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ स्थित घुसुकपुर टोलबाट प्रहरीले पाँच पक्राउ गरेको हो ।

स्थानीय सुनिता देवी साहले सञ्चालन गर्दै आएको पसलबाट गाँजाको कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरी खानतलासी गर्न पुगेको थियो ।

सो क्रममा २० किलोग्राम गाँजासहित महागढीमाई नगरपालिका वडा नम्बर १ प्रतिमा देवी पटेल र करैयामाई गाउँपालिका वडा नम्बर १ का सफि अन्सारी, पचरौता नगरपालिका वडा नम्बर ३ का उपेन्द्र पटेल, सौखीलाल प्रसाद यादव र भारतीय नागरिक सेराज आलमलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]