०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

प्रदेश नं.२ को नाम मधेश प्रदेश मात्र विकल्प रहेको : राज्यमन्त्री मण्डल

Logo
प्रकाशित बुधबार, भाद्र ०४, २०७६

जनकपुरधाम।प्रदेश नं. २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत प्रदेश नं.२ को नाम र राजधानीको बिषयमा बहस, छलफल र चर्चा सर्बत्र जारी छ ।

नामको सबालमा ब्यक्ति तथा दलहरुले स्कुलिङ तथा पृष्ठभूमिको आधारमा तर्क गरिरहेका छन् भने राजधानीको सन्दर्भमा भूगोल (पायक पर्ने र केही हदसम्म बीचमा पर्ने) मनोविज्ञानले काम गरिरहेको छ । तर मोटामोटी जनकपुरप्रतिको स्वीकार्यता महसुस गर्न पाईन्छ । जहाँसम्म प्रदेशको नामाकरणको सबाल छ, निकै जटिल र पेचिलो बिषय बन्दै गइरहेको छ । दुई तिहाई बहुमतले पारित गर्नुपर्ने कानुनी प्रावधानले बिगत डेढ वर्षदेखिको गाँठोलाई झन दरिलो बनाइदिएको छ । यसमा दुईटा दृष्टिकोण स्पष्ट देखिन्छ :-

१. सत्तापक्ष (सपा-राजपा) मधेस आन्दोलनको पृष्ठभूमि र खासगरी २०६३, २०६४ र २०७२ आन्दोलनको सबभन्दा लोकप्रिय नारा “मधेस प्रदेश” को पक्षमा देखिन्छ । साथै राज्यपक्षसंग भएको ऐतिहासिक ८ बुँदे सम्झौतामा उल्लेख भएअनुसार “मधेस प्रदेश लगायत अन्य प्रदेशहरु हुनेछ” भावनाको कदर गर्दै साथै स्वस्फुर्त रुपले जनआक्रोशले प्रायस सबै साइनबोर्डमा नेपाल सरकारको ठाउँमा मधेस सरकार लेखेर जनमत प्रकट गरिसकेको अवस्था छ । मधेस शब्दावली राजनीतिक रुपमा स्थापित भइसकेको छ ।

यो राज्यको एउटा पक्षको रुपमा मजबुतीका साथ प्रस्तुत भएको छ । मधेस भन्ने बित्तिकै पूर्वमा मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण जातजाति भाषाभाषी बर्ग समुदायलाई समेट्छ । यो भूभागका सम्पूर्ण जनसमुदायको पहिचान, स्वाभिमान र सम्मानको प्रतिनिधित्व गर्छ । जयमधेस भन्ने बित्तिकै मधेस बिरोधी शक्तिको मुटु काँप्छ । जहाँसम्म हाम्रै कतिपय मधेसवादी मित्रहरु मध्यमधेसको वकालत गर्दै आएका छन् । उहाँहरुसँग मेरो अनुरोध छ, मधेसलाई हामी आफैले मध्य, पूर्व, पश्चिम, सुपको नाममा बिभाजन नगरौं । एक मधेसको अवधारणामा नै अगाडि बढौं । तसर्थ यो प्रदेश नं.२ को नाम मधेस प्रदेश राखेर मधेसको अन्य जिल्ला तथा भूभागहरुको भावनालाई समेटेर दीर्घकालीन रणनीतिकासाथ समग्र मधेस प्रदेश प्राप्तिको लक्ष्यमा अगाडि बढौं ।

२. प्रतिपक्ष नेकपा र नेकाको धेरै हदसम्म प्रदेश नामाकरण सम्बन्धी अबधारणा लगभग एउटै हो । एउटाले मिथिला-भोजपुरा र अर्कोले मिथिला भनेको यदाकदा सुन्नमा आएको छ । यद्यपि संघीयता, प्रदेश बारे यि दुईटै दल कन्फ्युजनमा देखिन्छ । यि दलहरु बीच एउटा सामिप्यता छ,त्यो हो मधेस आन्दोलनको ताकतमा स्थापित संघीयता र मधेस आन्दोलनको सबभन्दा लोकप्रिय नारा “मधेस प्रदेश” को बिरोध गर्नु । यो बाहेक यि दुई दलबीच अरुकेही मिल्दैन । उहाँहरुले कर्मकाण्डी नै भए पनि प्रतिपक्षी धर्म निर्वाह गरिरहेका छन् ।

नेकपा र नेकाले सात प्रदेश मध्ये कहिकतै पनि भाषाको आधारमा प्रदेशहरुको नामाकरणबारे बोलेको छैन । तसर्थ यि दुईटै दलको मुख्य अभिप्राय मधेसी जनताको चाहनामा आघात पुर्याउनु हो यस बाहेक केहि होइन । अन्त्यमा, आजको दिनमा मधेस यो देशमा एउटा राजनीतिक शक्तिको रुपमा स्थापित भएको छ । यो पुर्व देखि पश्चिम सम्मको सम्पूर्ण तराई मधेशको जिल्ला, समुदाय, भुगोल, संस्कृति, भाषा, पहिचान समग्रलाई जोड्ने एउटा मात्र शस्त्र र शास्त्र हो ।

यो प्रदेश नं २ लाई भौगोलिक र राजनीतिक वैमनस्यताको कारण आठ जिल्लामा मात्र सिमित गरिएको भएता पनि यसले पुर्बको झापा,मोरङ र सुनसरीको पनि भावना समेटेर अगाडि बढ्दैछ । पश्चिमको मकवानपुर, चितवन, दाङ, नवलपरासी, रुपन्देही, र कपिलवस्तुका साथै बाँके-बर्दियाको पहिचान स्वाभिमान र सम्मानको निम्ति लडिरहेको छ । त्यति मात्र नभई सुपका थारु दाजुभाई तथा दिदीबहिनीहरुको अस्तित्व रक्षाको लागि पनि संघर्षत छन । तसर्थ, मधेस प्रदेश एकमात्र विकल्प हामी सामु खडा छ । यो नामलाई स्वागत गरौं । जहाँ जे पार्टी रहनुस । तपाईको अस्मिता र अस्तित्वको रक्षा मधेसले नै गर्ने छ । जय मधेस ।

लेख : राज्यमन्त्री सुरेश मण्डल

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]