१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

दिनभरीमा ७ वटा सभा सम्बोधन गर्दै डा.सीके राउत

Logo
प्रकाशित आइतबार, कार्तिक २०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२० कार्तिक।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सोमबार दिनभरीमा ७ वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

धनुषा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा ६ वटा चुनावी सभा र महोत्तरीमा एउटा गरी सातवटा चुनावी सभालाई सम्बोधन गर्ने पार्टीले जनाएको छ ।

जनमत पार्टीका नेता बीपी साहका अनुसार डा.राउतले सोमबार विहान ७ बजे महोत्तरी ४ (क) को श्रीपुरमामा सम्बोधन गर्नेछन् । उनका अनुसार धनुषा निर्वाचन क्षेत्र नं. ३ को बहुर्वामा विहान ८ः३० बजे र बेरिया बजार मुखियापटी मुसरनियामा १० बजे डा.राउतले सम्बोधन गर्नेछन् ।

यसैगरी, धनुषा निर्वाचन क्षेत्र नं. १ को सबैला बजार (अस्पताल छेउ) मा दिउँसो १२ः३० बजे र हंसपुर नगरपालिको सुगानिकास बजारमा २ बजे डा.राउतले विशाल जनसभालाई सम्बोधन गर्ने नेता साहले बताए ।

यसैगरी, धनुषा निर्वाचन क्षेत्र नं.२ को डुमरियामा ३ बजे र धनुषा निर्वाचन क्षेत्र नं.४ को सिंगरजोडामा ५ बजे डा.राउतले सम्बोधन गर्नेछन् ।

यसैगरी मंगलबार डा.राउतले सिरहा जिल्लाको विभिन्न स्थानमा चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]