०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

उपेन्द्र यादवकाे निर्वाचन क्षेत्रमा जिहादविरुद्ध प्रदर्शन

Logo
प्रकाशित शनिबार, कार्तिक २६, २०७९

न्यूजमधेश डेस्क
सप्तरी,२६ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा उम्मेदवार उपेन्द्र यादवकाे निर्वाचन क्षेत्रका जिहादविरुद्ध प्रदर्शन भएकाे छ ।

राष्ट्रिय एकता अभिायनले उपेन्द्रकाे निर्वाचन क्षेत्र सप्तरी–२ मा जिहादविरुद्ध प्रदर्शन भएकाे गरेकाे हाे । प्रदर्शनकाे क्रममा अभियानका अध्यक्ष विनय यादवले जसपाका अध्यक्ष उपेन्द्रले चीन र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पाकिस्तानको इसारामा मधेशमा जिहादी गतिविधिलाई बढाव दिन भित्रभित्रै खेल खेलिरहेकाे आराेप लगाए।

उनले भने, नेपालमा जिहाद भन्ने कुरा नाैलाे र कम चर्चामा आएकाे एउटा यस्ताे विषय हाे जसले यहाँकाे धर्म, संस्कृति र राष्ट्रिय तथा व्यक्तिगत सुरक्षाका लागि भित्राभिभै ठुलाे चुनाैती सिर्जना गरेकाे छ, भुसकाे आगाे जस्ताे सल्किरहेकाे जिहाद अदृश्य गतिविधि पछिल्लाे समयमा अब सतहमा पनि मुखर हुन थालेकाे छ।’

उनले उपेन्द्र यादव तथा लालबाबु राउत जस्ता दलालका कारण नेपालमा राजनीतिक संरक्षणकाे बलमा जिहादी गतिविधि बढिरहेकाे बताए । उनका अनुसार नेपालमा बढिरहेकाे जिहादी गतिविधि आम मानिसकाे कल्पनाभन्दा बाहिर छ ।

उनले तराई मधेश जिहादकाे निशानामा रहेकाे बताए । उनले भने, ‘उपेन्द्र यादव नेतृत्वकाे पार्टी जसपाकाे संरक्षणमा र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकाे अगुवाईमा राष्ट्र र समाजकाे लागि क्यान्सर जस्ताे रहेकाे जिहाद गतिविधि बढिरहेकाे छ।’

जिहादको नाममा नेपाली चेलीहरुको अपहरण भईरहेको बताउँदै गौ हत्या, गौ तस्करी, मठमन्दिर अतिक्रमण भइरहेकाे उनले बताए ।

उनले जिहादविरुद्ध एउटा जागरणकाे टड्काराे महशुस गर्दै राष्ट्रहीत र जनहीतमा जागरण अभियान सञ्चालन गरिएकाे बताए ।

धर्म संस्कृति रक्षाका लागि हिन्दु धर्मलाई नेपालमा संस्थागत गर्नुमा उनले जोड दिदै उनले संघिय हिन्दु गणतन्त्र सहितका व्यवस्था ल्याउन सम्पूर्ण हिन्दुलाई एक भएर आगाडि बढ्न अपिल समेत गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]