२९ फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

पैसा बाँडेका आरोपमा एमाले उमेदवार नै पक्राउ परेपछि प्रहरी प्रभाग बूढानीलकण्ठमा तनाव

Logo
प्रकाशित शनिबार, मंसिर ०३, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,३ मङ्सिर । नेकपा (एमाले)का प्रदेशसभा उमेदवार नै पैसा बाँडेको आरोपमा पक्राउ परेपछि प्रहरी प्रभाग बूढानीलकण्ठमा तनाव उत्पन्न भएको छ ।

कांग्रेस समर्थक कार्यकर्ता वृत्तमा पुगेर दोषीमाथि कडा कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् । कांग्रेस कार्यकर्ता ठूलो संख्यामा उपस्थित भएर नाराबाजी गर्न थालेपछि सो क्षेत्रमा सुरक्षा बढाइएको छ ।

शुक्रबार साँझ मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उमेदवार दीपक निरौलासहित तीनजनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–६ का वडाध्यक्ष रवि खड्का र एमालेको बुढानीलकण्ठ नगरपालिकाका अध्यक्ष प्रदीप डंगोल छन् ।

उनीहरू हात्तिगौंडास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन् । उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो ।

काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।

पक्राउ परेका निरौला एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्षसमेत हुन् । पक्राउ परेकाहरुलाई प्रभागबाट महाराजगञ्ज वृत्त लगेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]