१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

सप्तरीको चारवटै क्षेत्रको मतगणना जारी ः २ मा सीके राउतको ६८ सय ८ मतले अग्रता कायमै

Logo
प्रकाशित मंगलबार, मंसिर ०६, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,६ मङ्सिर । सप्तरीको चार वटै निर्वाचन क्षेत्रको मतगणना जारी छ । पछिल्लो मतगणना परिणामअनुसार क्षेत्र नम्बर ३ र ४ मा कांग्रेसले अग्रता लिँदा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी र क्षेत्र नम्बर २ मा जनमत पार्टीको अग्रता छ ।

सर्वाधिक चासोको रुपमा देखिएकोे क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतले अग्रतालाई अझै फराकिलो बनाएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा जारी क्षेत्र नम्बर २ को पछिल्लो मतगणना परिणामअनुसार डा राउतले १३  हजार सात सय ५९ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ६  हजार नौ सय ५१ मत प्राप्त गर्नुभएको छ । यस्तै वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले दुई  हजार ८  सय ५७  मत ल्याएर तेस्रोमा हुनुहुन्छ ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर २ (क) मा जनमत पार्टीका सतिश सिंहले पनि अग्रतालाई बढाउँदै लगेको छ । उहाँले १० हजार आठ सय ३२ मत प्राप्त गर्दा जसपाका शैलेन्द्रप्रसाद साहले पाँच हजार दुई सय आठ मत प्राप्त गर्नुभएको छ भने वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लोसपाका सरोज मण्डलले चार हजार एक सय ७१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो ।

प्रदेशसभा क्षेत्र नम्बर २ (ख) मा जनमत पार्टीकै महेश यादवले नौ हजार सात सय ६१ मतका साथ अग्रता लिँदा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उमेश कुमार यादवले पाँच हजार दुई सय ७८ र जसपाका लक्ष्मण यादवले चार हजार दुई सय ३१ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृत राउतले बताउनुभयो ।

कञ्चनरुप नगरपालिकास्थित सर्वाेदय माविमा जारी क्षेत्र नम्बर १ को मतगणनाअनुसार प्रतिनिधिसभातर्फ जनता समाजवादी पार्टीका नवलकिशोर साहले दुई हजार छ सय २७ मतका साथ अग्रता लिनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका रामदेव साहका रामदेव साहले दुई हजार तीन सय ८९ मतका साथ पच्छयाई रहनुभएको छ भने जनमत पार्टीका जयकान्त राउतले एक हजार सात सय ७५ मत का ल्याएर तेस्रोमा हुनुहुन्छ ।

क्षेत्र नम्बर ३ मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कांग्रेसका दिनेशकुमार यादवले तीन हजार २७ मतका साथ अग्रता लिनुभएको छ भने नेकपा एमालेका ताराकान्त चौधरीले एक हजार आठ सय ९७ मत ल्याएर दोस्रो स्थान रहँदा जनमत पार्टीका अनिश अन्सारीले एक हजार चार सय ५० मत प्राप्त गरी तेस्रोमा हुनुहुन्छ ।

क्षेत्र नम्बर ४ मा पनि कांग्रेसका तेजुलाल चौधरीले एक हजार ४९ मतका साथ अग्रता लिनुभएको भने जसपाका बालकिशोर यादवले पाँच सय ६२ मत ल्याएर उहाँलाई पच्छयाई रहनुभएको छ । जनमत पार्टीका सुकदेव साहले पाँच सय मत ल्याएर तेश्रो हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]