२९ फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

सिरहाको औरही विद्यालयमा तालाबन्दी, अध्यक्ष शिवजी यादवको बेवास्ता

Logo
प्रकाशित बुधबार, मंसिर २१, २०७९

चतुर यादव, २१ मंसिर । सिरहा जिल्लाको औरही गाउँपालिकामा रहेको श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीमा विद्यार्थीहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेको छ । औरही गाउँपालिकाको औरहीमा रहेको सो विद्यालयमा शिक्षकको अभावले एक वर्ष देखि विद्यार्थीहरुको पठन पाठनमा अबरोध भएपछि आफुहरुले ताल्चा लगाएको विद्यार्थीहरुले रेडियो गंगाजललाई जानकारी दिएका छन् । नजिकै एस.इ.इ.आउदै छ हाम्रो पठन पाठन निकै प्रभावित भएपनि पालिका र विद्यालय व्यवस्थापन समितिले चासो नदेखाएपछि आफुहरु ताल्चा लगाएको जानकारी दिएका छन् । विद्यार्थीहरुले विद्यार्थी माथि अत्याचार गर्न पाइँदैन, स्वास्थ्य विषयको शिक्षक व्यवस्था गर, सामाजिक बिषयको शिक्षक व्यवस्था गर, विद्यार्थीको माग पुरा गर, विद्यार्थीको भविष्यसँग खेलवाड गर्न पाइँदैन, भन्दै बुधबार ताल्चा लगाएको हो ।
यसै विषयमा विद्यालयका प्र.अ.इन्द्रदेव यादव संग बुझ्दा औरही गाउँपालिकाले यसै विद्यालयमा करार सेवाका शिक्षकहरुलाई हटाएपछि यो अवस्था सृजना भएको बताएका छन् । पालिकाले शिक्षक त हटायो तर विद्यालयको पठन पाठनका लागि थप शिक्षक व्यवस्था गर्न नसकिएपछि विद्यार्थीहरु ताल्चा लगाएको र हामीले ताल्चा खोल्ने प्रयासमा लागेको बताएका छन् । यसै विषमा औरही गाउँपालिकको अध्यक्ष शिवजी यादव संग बुझ्न खोज्दा गैर जिम्मेवार रुपमा जवाफ फर्काएका छन् । हामी विद्यालयमा किन ताल्चा लगाएको प्रश्न गर्दा उहाँले भन्नुभयो, मलाई केहि थाह छैन् । त्यो कुरा विद्यालयका प्र.अ.लाई थाह हुनुपर्छ । प्र.अ.संगै कुरा गरेर थप विषय बुझ्नुहोस् । मेरो नम्बर भएपछि प्र.अ.को नम्बर पनि अवश्य हुनुपर्छ उहाँ संगै बुझ्नुस् भन्दै गैरजिम्मेवार रुपमा जवाफ फर्काएका छन्

गाउँपालिकाको अध्यक्ष र पालिकाको शिक्षा विकास समितिको अध्यक्ष समेत भएपछि यस प्रकारको जवाफले पालिकाका अध्यक्ष यादव शिक्षा प्रति चासो नराखेको देखिएको छ । पालिका अध्यक्ष र प्र.अ.को आपसी द्धन्द्धका कारण विद्यार्थीको भविष्य संगै खेलवाड भएको स्थानियहरु बताउछन् । नव निर्वाचित पदाधिकारीले विद्यालयमा करार सेवामा कार्यरत शिक्षक पुरुषोत्तम यादव, संतोषी कुमारी यादव र रिंकु कुमारी यादवलाई हटाएपनि अर्को व्यवस्था नभएपछि यो अवस्था सृजना भएको स्थानीय जानकारहरु बताउछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]