०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

जनमत पार्टीले प्रतिनिधि सभाको समानुपातिक सांसद टुङ्गो लगाए

Logo
प्रकाशित बिहिबार, मंसिर २२, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२२ मंसिर । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फका सांसदहरूको टुङ्गो लगाएको छ ।

निर्वाचन आयोगले तीन दिन भित्र सांसदहरूको क्लष्टर पेस गर्न गरेको आग्रहका आधारमा उक्त पार्टीले पाँच जना सांसदको टुङ्गो लगाएको हो ।

जनमत पार्टीले आयोगमा पेस गरेको सांसदको क्लष्टरमा ४ जना महिला समेटिएका छन् भने एक जना मुस्लिम समुदायका छन् ।

यसरी धनुषाबाट अनिता देवी साह, मोरङबाट सोनु मुर्मु, सिराहाबाट विनीता कुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाट अब्दुल खान समानुपातिकतर्फका सांसद बनेका छन् ।

यसरी २ जना आदिवासी जनजाति, एक मधेसी, एक खस आर्य र एक जना मुस्लिम समुदायको प्रतिनिधित्व हुने गरी जनमत पार्टीले समानुपातिकतर्फका सांसदहरूको टुङ्गो लगाएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]