न्यूजमधेश डेस्क
काठमाडौं ,२७ मङ्सिर । भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको छ । अरुणाञ्चल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीच झडप भएको हो ।
झडपमा दुवै पक्षका केही सेना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । झडप अरुणाञ्चल प्रदेशको तवाङ सेक्टरमा भएको हो ।
चिनियाँ सेनाले एलएसी पार गर्ने क्रममा भिडन्त भएको जनाइएको छ । पूर्वी लद्दाखमा झडप भएको लामो समयपछि भारतीय र चिनियाँ सेनाबीच पछिल्लो झडप भएको हो ।
यीमध्ये सबैभन्दा ठूलो झडप जुन २०२० मा गलवान उपत्यकामा भएको थियो । झडपमा २० भारतीय सेना मारिएका थिए । चीनतर्फ पनि ठूलो क्षति भएको बताइएको थियो । यो घटनाले दुई देशबीचको द्वन्द्वको शृंखला सुरु गरेको थियो । -एजेन्सी