
न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ मंसिर ।जनता समाजवादी पार्टी नेपाल संघिय परिषद सदस्य ई. रामनाथ मिश्रसहित दर्जनौं नेता जनमत पार्टीमा प्रवेश गरेका छ्न।
मंगलबार जनकपुरधामस्थित जनमत पार्टीको केन्द्रीय सचिवालय कार्यलयमा पुगेर नेता मिश्रसहित दर्जनौ नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।
त्यसैगरी ,शैक्षिक क्षेत्रमा दुई दशकभन्दा बढी योगदान दिदै आइरहेका जनकपुरका प्रख्यात शिक्षक श्रवण कुमार झालगाइत विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेको छ।
उहाँहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत फुलमाला र दोसल्ला लगाएर पार्टीमा स्वागत गर्नुभएको छ।