१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

नयाँ पार्टी गठन गर्ने स्वतन्त्र सांसदहरूकाे तयारी

Logo
प्रकाशित मंगलबार, मंसिर २७, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२७ मङ्सिर । आमनिर्वाचनमा स्वतन्त्र रुपमा चुनाव जितेका प्रभु साह, अमरेश सिंह, किरण साह र योगेन्द्र मण्डलले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् । स्वतन्त्र सांसदहरुबीच नयाँ दल गठन गर्ने विषयमा छलफल सुरु भएको छ ।

स्वतन्त्र सांसदहरू रौतहट-३ का प्रभु साह, रौटहट-२ का किरण साह, मोरङ-५ का योगेन्द्र मण्डल र सर्लाही–४ का अमरेश सिंहबीचकाे छलफलले नयाँ पार्टी गठन गर्ने निर्णय गरेकाे हाे ।

यस विषयमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउत र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीसँग पनि छलफल भइरहेको सिंहले बताए ।

सिंह नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र लडेर सांसद भएका हुन् । साह माओवादी हुँदै एमालेमा गएका थिए । उनले मंसिर ४ को संसदीय चुनावमा एमालेकाे टिकट त्यागेर स्वतन्त्र रुपमा लडेका थिए ।

रौतहट-२ बाट निर्वाचित किरण पनि प्रभु शाह निकट हुन् । मण्डल एमालेले टिकट नदिएपछि मोरङ-५ मा स्वतन्त्र उम्मेदवार उठेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]