न्यूजमधेश डेस्क
जनकपुरधाम ,४ पौष । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको संसदीय दलको प्रमुख सचेतकमा अनिता साह चयन हुनुभएको छ ।
सोमबार काठमाडौंको बुद्धनगरमा रहेको पार्टी कार्यालयमा बसेको पार्टीका सांसदहरुको बैठकले अनिता साहलाई सर्वसम्मत रुपमा दलको प्रमुख सचेतकमा चयन गर्नुभएको छ।
उहाँ पार्टीको राष्ट्रिय सचीव र समानुपातिक तर्फको प्रतिनिधि सभा सदस्यसमेत रहेका हुन।