१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

मधेशी भाषामा सीके राउतले सपथ लिएपछी जनकपुरधाममा दिप प्रज्वलन

Logo
प्रकाशित बिहिबार, पुष ०७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,७ पौष । जनमत पार्टीका अध्यक्ष डा . सीके राउतसहितका सांसदहरुले प्रतिनिधि सभामा मधेशी भाषामा सपथ ग्रहण गरेकोमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा दिप प्रज्वलन गर्नुभएको छ ।

विश्वमा आजबाट मधेशी भाषा संस्थागत रुपमा अगाडि बढेको छ।

जनकपुरधामस्थित जनक चौकमा आयोजित खुशियाली सभालाई सम्बोधन गर्दै जनमत पार्टीका नेता बीपी साहले आजबाट विश्वमा मधेशी भाषा संस्थागत रुपमा अगाडि बढेको बताए।

मधेशमा बोलिने सम्पूर्ण भाषा मधेशी भाषा रहेको बताउँदै नेता साहले भने” मधेशीहरुले बोल्ने भाषा मधेशी भाषा हो। उक्त भाषा मधेशीहरु स्वयंले बोल्छन्।”

नेता साहका अनुसार मधेशी भाषा कुनै भाषाको विरुद्धमा नभई मधेशमा बोलिने सबै भाषाको प्रतिनिधित्व गर्ने भाषा रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]