काठमाडौं ,२७ पौष।जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा.सीके राउत र अमेरिकी राजदुत डिन आर थम्पसनबीच शिष्टाचार भेटघाट गर्नुभएको छ।
बुधबार काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टी कार्यलयमा अध्यक्ष डा.राउत र राजदुत थम्पसनसंग शिष्टाचार भेटघाट भएको पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले बताउनुभएको छ।
उहाँले भन्नुभयो,’भेटघाटको क्रममा दुई देशको विकास र सहकार्य बारेसमेत छ्लफल भएको छ।’