१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

सन्दीप लामिछाने धरौटीमा रिहा

Logo
प्रकाशित बिहिबार, पुष २८, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं, २८ पौष । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने रिहा हुनु भएको छ । यसअघि पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो । सन्दीपलाई २० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत पाटनका रजिस्टार ठगिन्द्र कट्टेलले जानकारी दिनुभयो ।

गत भदौ २० गते एक किशोरीले बलात्कारको आरोपमा सन्दीपविरुद्ध प्रहरी वृत्तमा उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

त्यसयता सन्दीपलाई केन्द्रीय कारागार सुन्धारामा राखेर अनुसन्धान गरिँदै आईएको थियो । यस मुद्दाको अन्तिम टुंगो भने काठमाडौं जिल्ला अदालतबाटै लाग्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]