१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

जनकपुरधाममा क्रिकेट प्रतियोगिता हुने

Logo
प्रकाशित शुक्रबार, पुष २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२९ पौष । जनकपुरधाममा अगामी माघ १५ गतेदेखि विद्यालय स्त्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । हरिज स्पोर्टस जनकपुरधामको आयोजनामा अण्डर–१६ क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

क्रिकेट र जनकपुरधाममा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले रंगभुमी मैदान बाह्रविघामा प्रतियोगिता हुने आयोजक संस्थाका सञ्चालक तथा राष्ट्रिय क्रिकेट टिमका खेलाडी हरिशंकर साहले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा संस्थागत र सरकारी विद्यालयको टिम सहभागि हुने छन् । करिव १६ वटा टिमलाई चार समुहमा विभाजन गरी लिग प्रणालीमा प्रतियोगिता हुने छन् ।

सो भन्दा बढी टिमको सहभागिता भए छनौट खेल गरी लिगमा सहभागि गराइने आयोजक साहले बताए । डिउज बलले हुने खेल २० ओभरको खेलाइने छन् ।

प्रतियोगितामा खेलाडीहरुको प्रोत्साहनको लागि सबै विद्यामा पुरुस्कारको व्यवस्था गरिएको छ ।

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट अवकास प्राप्त गरेका नविन सिंहले खेलमा बालबालिकाको रुचि बढाउन प्रतियोगिता हुन लागेको बताए । खेलले स्वास्थ्य र मानसिक रुपमा स्वस्थ्य बनाएको हुनाले बालबालिकालाई खेल अनिवार्य गर्नुपर्ने उनको जिकिर छ ।

पुरुस्कारको विषयमा तय नभएको र पछि आयोजक टिमले उचित व्यवस्था गरिने छन् । खेलमा सहभागि हुने टिमसँग न्युनतम शुल्क पनि लिइने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]