२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

इनार र गाउँलेको दोस्ती

Logo
प्रकाशित आइतबार, भाद्र ०८, २०७६

शंकर आचार्य ,पर्सा । मधेसमा २० वर्ष अघिसम्म इनारकै पानी खाइन्थ्यो । गाउँ–टोल सबैतिर इनार । डोरीले पानी तानेर इनारमा नुहाउने र कपडा धुनेको ताँती हुन्थ्यो । जमाना बदलयो । सँगसँगै पानीको पाइप भान्सा र बाथरुमसम्मै पुग्यो । धेरै इनार सुके । बचेका संरक्षण अभावमा मासिए ।

तर, पर्साको पटेर्वासुगौली ४ दापमा रहेको इनारसँग भने गाउँलेको गज्जबको दोस्ती छ । गुदर बाबा मन्दिरनजिकको त्यो इनार गाउँलेको श्रद्धा र विश्वासले रमणीय स्थल बनेको छ ।

गाउँलेले मन्दिर परिसर बाहिर सडकसँग जोडिएको यो इनारलाई छानो हालेर सफा–सुग्घर राखेका छन् । विगतमा काठको घेराबेरा रहेको इनारलाई स्थानीयले तीन दशकअघि पक्की पर्खाल लगाए । अझै पनि गाउँको अधिकांश घरधुरीले दैनिक यो इनारबाट पानी लगेर बिहान घरमा पुजाअर्चना गर्ने तथा खाना पकाउन पानी प्रयोग गर्छन् । परम्परागत शैलीको यो इनार करिब ५० फिट गहिरो छ ।

७६ वर्षीय सुभन राउत थारू गाउँघरमा हुने यज्ञ, हवन, वैवाहिक समारोहमा मात्र नभई दैनिक घरमा गरिने पूजाअर्चना तथा खाना पकाउन तथा पिउनका लागि समेत यसै इनारको पानी अधिकांश गाउँलेले प्रयोग गर्ने बताउँछन् । ‘इनारको पानी पवित्र रहेको हाम्रो विश्वास छ,’ उनले भने, ‘इनारको पानीले पकाएको खाना स्वादिलो हुने, धार्मिक अनुष्ठान सफल हुने र पूजा अर्चनामा वितरण गरिने प्रसादको भण्डार कहिल्यै नरित्तिने जनविश्वास पनि छ ।’

५२ वर्षीय विष्णु दास थारूले गाउँलेले साझा सम्पत्ति रहेको इनारलाई संरक्षण गरिएको बताए । इनारसँग गुदर बाबा नाम गरेका सिद्ध पुरुषको रोचक कथा पनि जोडिएको छ । परापूर्व कालमा गाउँमा गुदर नाम गरेका एक पुरुष थिए । उनी गाउँकै एक जमिन्दारको घरमा हली बसे । खेतमा हलो जोत्ने क्रममा उनले गोरुलाई हलोसहित खेतमा छोडिदिन्थे र आफू आरामले सुत्ने गर्थे । गोरु खेतमा आफैं हिड्थे र हलो पनि मानिसले चलाएजस्तो आफै चलिरहन्थ्यो ।

प्रत्यक्षदर्शीले जमिन्दारलाई यो आश्चर्य सुनाएपछि गुदरलाई हप्कीदप्की गर्‍यो । गोरु आफै हलो कसरी जोत्छ ? यो रहस्य खोल्न जमिन्दारले गुदरलाई बाध्य पारे । उनले आफू भारतको कुनै प्रसिद्ध मन्दिरको मठमा आउने साधु सन्तको सेवाटहल गर्ने काम विगतमा गरेको र त्यहाँ साधुसन्तलाई दही च्युरा खुवाउने काम गरेको बताउँदै आफ्नो हात देखाउँदा उनको हातमा दही लागेको देखेपछि जमिन्दारले सिद्ध पुरुष रहेको चाल पाए । त्यसपछि मठ बनाएर गुदर त्यहीं बसे ।

मठमा हाल अन्य देवी देउताको मन्दिर मात्र नभई गुदर बाबाको मूर्ति पनि छ । स्थानीयले उनलाई अभिभावक तथा ग्राम देउताका रूपमा पूजा–अर्चना गर्छन् । स्थानीयले घरपरिवारमा हुने विवाह, ब्रतबन्ध, विशेष धार्मिक अनुष्ठान अघि गुदर बाबाको पुजाअर्चना गरी आशीर्वाद लिने पनि गर्छन् ।

पछि गुदर बाबाको भारतको चित्रकुट नामक प्रसिद्ध धार्मिक स्थलमा समाधि लिएको र हाल पनि त्यहाँ उनको समाधि रहेको उनले बताए ।साभार: कान्तिपुर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]