२९ फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

सप्तरीमा विद्यार्थी जनमत संघ गठन,अध्यक्षमा मण्डल

Logo
प्रकाशित सोमबार, माघ ०९, २०७९

चन्दन रजक
राजविराज । सप्तरीमा विद्यार्थी जनमत संघ समिति गठन कार्यक्रम सप्पन्न भएको छ।

जिल्लाको सदरमुकाम राजबिराजको जनमत पार्टी कार्यालयमा कार्यक्रम सप्पन्न भएको हो। रामभजन मण्डलको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ।

समितिको उपाध्यक्षमा मनोज कु. साह,पुरोषत्म राम,सचीव पंकज यादव ,सह सचिव खिलेनन्द साह,विदानन्द झा,कोषाध्यक्ष खुशबु कुमारी राम,सह कोषाध्यक्षमा सुनम साह रहेको छ्न ।

जनमत पार्टी सप्तरी इन्चार्ज ममता झाको अध्यक्षतामा भएको विद्यार्थी जनमत संघको जिल्ला समिति गठन कार्यक्रमको प्रमुख आतिथ्यमा जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता महेश प्रसाद यादव रहेको थियो।

त्यसैगरी विशिष्ट अतिथिमा केन्द्रिय सदस्य सुरेन्द्र शर्मा (मधेसी ), अतिथि प्रदेश सदस्य सतिश सिंह, ऋषिकेश ठाकुर लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]