२९ फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

भारतको ७४औँ गणतन्त्र दिवस मनाइयो

Logo
प्रकाशित बिहिबार, माघ १२, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१२ माघ। काठमाडौँस्थित भारतीय राजदूतावासमा आज भारतको ७४औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन पढेर सुनाइएको थियो ।

सम्बोधनमा राष्ट्रपति मुर्मूले विश्वव्यापी आर्थिक अनिश्चितताका बाबजुद गान्धीजीको ‘सर्वोदय’ वा ‘सबैको उत्थान’को आदर्शलाई हासिल गर्न भारतले आर्थिक क्षेत्रमा गरेको उत्साहजनक प्रगतिको चर्चा गर्नुभएको छ । साथै उहाँले जी–२० मा भारतले पाएको अध्यक्षता सिङ्गो विश्व र भविष्यलाई अझ राम्रो बनाउन प्रजातन्त्र र बहुपक्षीयतालाई प्रवद्र्धन गर्ने अवसर भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा राजदूत श्रीवास्तवले भारतीय सेनामा कार्यरत मृतक नेपालीका परिवारलाई रु चार करोड ६० लाख नगद र कम्बल वितरण गरी सम्मान गर्नुभएको थियो । सो अवसरमा राजदूत श्रीवास्तवले नेपालका विभिन्न संस्थालाई पुस्तक वितरण गर्नुभयो । दूतावासले विभिन्न २३ संस्थालाई रु १६ लाख बराबरको पुस्तक उपहास्वरुप वितरण गर्ने जनाएको छ ।

सेवानिवृत्त सैनिकलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दाहो¥याउँदै, दूतावासले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकका लागि भारत सरकारको कल्याणकारी पहल समावेश गरिएको भूपू–२०२२ पत्रिकाको लोकार्पण गरेको छ ।

कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौँका विद्यार्थीले देशभक्ति गीतका साथै अन्य प्रस्तुति प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]