न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ माघ । धनुषाको औरही गाउँपालिका १ स्थित रामजानकी माध्यमिक विद्यालयको कार्यालयबाट चोरी भएको कम्प्यूटर र अन्य समान डेरी उद्योगबाट बरामद भएको छ ।
चोरी भएको समानहरु औरही गाउँपालिका १ मै अमित कुमार साहले सञ्चालन गरेको डेरीबाट बरामद भएको हो । चोरीका समानहरु डेल कम्पनीको मोनिटर १ थान, नोकिया लेखिएको वाइफाइको राउटर १ थान, कम्प्यूटर किबोर्ड १ थान, सोमिटर १ थान र सोलार प्लान्ट १ थान बरामद भएको प्रहरीले जनाएको छ ।
चोरी गरेको आशंकामा स्थानीय शिवशंकर मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनी नै चोर भएको र चोरीका समानहरु डेरीमा राखेको खुलेको थियो ।
स्थानीय लक्ष्मेश्वर यादवको खेतमा जडा नभएको सोलार प्लान्ट समेत मण्डलले नै चोरी गरेको र डेरी रहेको सडक छेउमा जमुनि मुनि खाल्डोभित्र लुकाई छिपाई राखेको अवस्थामा फेला परेको छ ।
चोरीमा संलग्न मण्डल र डेरी सञ्चालक साहलाई समेत नियन्त्रणमा लिई चोरी मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।