२९ फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

जनकपुरधाम फागुण १६ देखि अन्तर कलेज क्रिकेट प्रतियोगिता

Logo
प्रकाशित बुधबार, फाल्गुण १०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० फागुन । जनकपुरधाममा अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको छ । जनकपुर एकेडमीको आयोजनामा यही फागुण १६ गतेदेखि बाह्रविघामा प्रतियोगिता हुन लागेको छ ।

खेल–खेलाडीको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको प्रतियोगिताको संयोजक प्रसान्त कर्णले जानकारी दिए ।

उनका अनुसार हरेक तह, उमेर समूहलाई खेलसँग जोड्नुको साथै स्वास्थ्य बनाउनको लागि खेल आयोजना हुन लागेको छ ।

प्रतियोगितामा करिव १६ वटा कलेजको टिम सहभागि हुने अपेक्षा गरिएको राष्ट्रिय टिमका खेलाडी तथा हरिज स्पोर्टस जोनका सञ्चालक हरिशंकर साहले बताए । जसमध्ये १२ वटा टिमले नमांकन गराइसकेको छ ।

डिउज बलले नकट आउट प्रणालीमा खेल हुने छन् । प्रतियोगितामा प्रतिभावान देखिएको खेलाडी छनौट गरी नियमित क्रिकेट अभ्यास गराउने आयोजक संस्थाको तयारी छ ।

यसअघि विद्यालय स्त्तरीय क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट खेलाडहिरुलाई छनौट गरी तीन वटा टिम बनाएको छ । उनीहरु अहिले नियमित क्रिकेट अभ्यास गरिरहेका छन् ।

प्रतियोगितामा विजेता, उप–विजेतालाई आकर्षक ट्रफि, वेस्ट फिल्डर, बलिङ, ब्याटसम्यान र किपरलाई पनि प्रोतसाहन गर्न प्रमाणपत्रसहित कप दिइने धनुषा क्रिकेट संघका उपाध्यक्ष अकाश पाण्डेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]