०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

गठबन्धनकै निर्णय अनुसार नै उपराष्ट्रपतिमा उम्मेदवारी दिएका हौं : सीके राउत

Logo
प्रकाशित शनिबार, फाल्गुण २७, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२७ फागुन । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सत्तारुढ गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएको बताएका छन् ।

शनिबार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिमा ममता झाले उम्मेदवारी दर्ता गरेकी छन् । सो क्रममा संघीय संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष राउतले गठबन्धनभित्र उपराष्ट्रपतिका लागि ३ जनाको उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवार बनाउनका लागि छलफल जारी राख्ने समझदारी भएको बताए ।

‘गठबन्धनकै निर्णय अनुसार तीनवटा उम्मेदवार मनोनयन गर्ने र पछिसम्म छलफल जारी राख्ने भन्ने कुरा आएको छ’ उनले भने, ‘…गठबन्धनमा कुरा मिल्नसक्छ । भोलिसम्म समय छ । मलाई पूरा विश्वास छ हाम्रो साझा उम्मेदवार हुनुहुन्छ, ममताजीकै पक्षमा निर्णय हुनेछ ।’

निर्वाचन आयोगले पनि उपराष्ट्रपतिमा महिला उम्मेदवार नै हुनुपर्ने आशय व्यक्त गरेको भन्दै राउतले आफूहरुको उम्मेदवारमा सहमति नजुटे मित्रवत प्रतिस्पर्धा गर्ने बताए । ‘हाम्रो उम्मेदवार सशक्त हुनुहुन्छ । संविधानको रक्षाको लागि तत्पर हुनुहुन्छ । कानूनी पृष्ठभूमिबाट हुनुहुन्छ । उहाँ योग्य हुनुहुन्छ हरेक दृष्टिकोणबाट । त्यही भएर उहाँले जित्नुहुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ । हाम्रो बटमलाइन भनेको मित्रवत प्रतिस्पर्धा हुन्छ’ उनले भने ।

जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार ममता झाले संविधानलाई जीवित राख्नका लागि आफूले उम्मेदवारी दिएको बताइन् । उनले सबै जातजातिको राज्यको निकायमा प्रतिनिधित्व हुनुपर्ने संविधानको मर्म रहेको उल्लेख गर्दै मधेशी महिलाको तर्फबाट आफूले उम्मेदवारी दिएको बताइन् ।

‘एक महिला छ मधेशबाट आएको, संविधानको मर्मलाई जीवित राख्नको लागि, संविधानलाई जीवित राख्नको लागि यो उम्मेदवारी दिएको छु’ झाले भनिन् ।

सत्तारुढ गठबन्धनमै रहेको दल जनता समाजवादी पार्टीले रामसहायप्रसाद यादव र प्रमिला कुमारीलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाएको छ । यसरी सत्ता गठबन्धनबाट ३ जना उम्मेदवार भएका छन् ।

नेकपा एमालेले भने अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]