०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

जनमत पार्टी धनुषाद्वारा चार भातृ संगठनका पदाधिकारी चयन

Logo
प्रकाशित शनिबार, बैशाख ३०, २०८०

जनकपुरधाम,३० बैशाख । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका धनुषा जिल्लामाविभिन्न भातृ संगठनको पदाधिकारी चयन गरेको छ ।

सो पार्टीको युवा जनमत संघको संयोजकमा देव महरा, सहसंयोजकमा धर्मनाथ साह र सहसंयोजकमा इजाज अन्सारीलाई चयन भएका छन् ।

जनमत पार्टीका नेता बीपी साहका अनुसार चिकित्सक जनमत संघको जिल्ला संयोजकमा डा.अशोक साह, सहसंयोजकमा डा.सुनिल महासेठ र सहसंयोजकमा खुशी पाण्डेलाई चयन गरिएको छ ।

त्यस्तै खेलकुद जनमत संघको जिल्ला संयोजकमा ललन यादव, सहसंयोजकमा समसुद्धिन राजालाई चयन गरेको छ भने मुस्लिम जनमत संघको जिल्ला संयोजकमा हारुल नदाफलाई चयन गरेको नेता साहले बताए ।

जनकपुरस्थित जनमत पार्टीको केन्द्रीय सचिवालयमा पार्टीका धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलको अध्यक्षतामा भएको एक कार्यक्रममा विभिन्न दलका सयौं जना नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]