०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

युवा संघको केन्द्रिय वरिष्ठ उपाध्यक्षमा यादव चयन

Logo
प्रकाशित मंगलबार, भाद्र १०, २०७६

काठमाडौ । समाजवादी पार्टी नेपालका भातृ संगठन समाजवादी युवा संघको केन्द्रिय वरिष्ठ उपाध्यक्षमा संजिव यादव चयन भएको छ।

आइतबार ललितपुरको सातदोबाटोस्थित याक्थुङ चुमलुङ सभाहलमा आयोजित किराँत नयाँ शक्ति विद्यार्थी युनियन र समाजवादी विद्यार्थी फोरम नेपालको एकता घोषणासभाले समाजवादी युवा संघको केन्द्रीय वरिष्ठ उपाध्यक्षमा संजिव यादवलाई चयन गरिएको छ।

एकतापछि आईतबार बसेको बैठकले नयाँ नाम राखिएको समाजवादी युवा संघको केन्द्रिय वरिष्ठ उपाध्यक्षमा संजिव यादवलाई सर्वसमतिबाट चयन गरिएको हो।

मधेश आन्दोलनमा सहकृय भुमिका निर्भाह गर्दै अहिले सम्म मधेशको समस्याहरुको विषयमा निरन्तर अवाज उठाउदै आइरहेका सिरहा जिल्लाको सिरहा नगरपालिका स्थित मखनाहा घर भएका युवा नेता संजिव यादवलाई समाजवादी युवा संघका वरिष्ठ उपाध्यक्षमा चयन गरेको आर एन यादवले जानकारी दिएको छ ।

एकता घोष्णासभामा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई ,अर्को अध्यक्ष उपेन्द्र यादवसहित पार्टीका विभिन्न नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]