०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

सर्वाेच्चबाट पनि रेशम चौधरीलाई जन्मकैदको फैसला

Logo
प्रकाशित मंगलबार, जेठ ०२, २०८०

काठमाडौं ,२ जेष्ठ । जिल्ला र उच्च अदालतले सुनाएको रेशम चौधरीमाथिको जन्मकैदको सजाय सर्वोच्च अदालतले पनि सदर गरेको छ ।

मंगलबार सर्वाेच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले टिकापुर घटनाका मुख्य दोषी चौधरीलाई यसअघि जिल्ला र उच्च अदालतले सुनाएको जन्मकैदको सजाय सदर गरेको हो ।

२०७२ भदौमा कैलालीको टिकापुरमा भएको थरुहट आन्दोलनमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको निर्मम हत्या भएको थियो ।

उक्त हिंसात्मक घटनाका मुख्य आरोपी चौधरी रहेको जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायल ठहर छ । र, उक्त फैसलासँगै अहिले चौधरीले जन्मकैदको सजाय भोगिरहेका छन् ।

अदालतले फैसलापछि चौधरीले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए । तर, सर्वाेच्चले पनि जिल्ला र उच्च अदालतको फैसला सदर गरेको छ । सर्वाेच्चको फैसलासँगै उनी जेलबाट छुट्ने छैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]