०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

कृषिमन्त्री कुशवाहाले गरे माटो परीक्षण घुम्ती शिविरको स्थलगत अवलोकन

Logo
प्रकाशित आइतबार, जेठ ०७, २०८०

जनकपुरधाम,७ जेष्ठ । मधेश प्रदेशका भुमी व्यवस्था ,कृषि तथा सहकारी मन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले किसानको माटो परीक्षण शिविरको स्थलगत अवलोकन गरेका छन् ।

आइतबार मन्त्री कुशवाहाले रौतहट पुगेर सँचालनमा रहेको माटो परीक्षण घुम्ती शिविरको स्थलगत अवलोकन गरेका हुन् । जिल्लाभरिबाट सँकलन गरिएको किसानको खेतको माटो परीक्षणको लागि टेष्ट गरिरहेको बेला उनले आफैँ स्थलगत निरिक्षण तथा अवलोकन गरेका छन् ।

कुशवाहा कृषिमन्त्री बनेपछि पहिलो पटक मधेशका किसानहरुको खेतको माटोको उर्वरा शक्ति चेकजाँच गर्ने निःशुल्क शिविर चलाएका छन् । सो क्रममा रौतहट पुगेर उनले चेकजाँचको स्थितिको बारेमा जानकारी लिएका छन् ।यस अघि धनुषामा पनि माटो परिक्षण गरिएको थियो।

यसका साथै, कृषि ज्ञान केन्द्र तथा पशु सेवा बिज्ञ केन्द्रबाट हुने सेवा प्रवाह बारे निरीक्षण अवलोकन समेत गरिएको हो । किसानको समस्या समाधान गर्न हरपल अग्रसर हुन मातहतका सम्पूर्ण कर्मचारीलाई मन्त्री कुशवाहाले निर्देशन समेत दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]