०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

दाइजोको निहुँमा आरतीको हत्या गरेको माइत पक्षको आरोप

Logo
प्रकाशित मंगलबार, जेठ ०९, २०८०

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका -९ स्थित घरमा झुण्डिएको अवस्थामा फेला परेकी महिलाको हत्या दाइजोको निहुँमा भएको आरोप लागेको छ ।

आईतवार बेलुका २२ वर्षीया आरतीको साहको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । उनलाई तत्कालै काब्या अस्पताल लगियो । तर अस्पतालले उनको मृत्यू भइसकेको जनाएपछि शव पोष्टर्माटका लागि प्रादेशिक अस्पताल पुर्याइयो ।

आरतीको शवको अहिले पनि अस्पतालमै छ । माइत पक्षले उनी आत्महत्या नगरेको दावी गरेको छ । माइत पक्षको आरोप छ– दाइजोको निहुँमा श्रीमान, देबर, सासु र ससुराबाटै भएको हो ।
दुई वर्ष अगाडी सामाजिक परम्परा अनुसार आरतीको विवाह मिथिला विहारी नगरपालिका ३ का मोतीबाबु साहसँग भएको थियो ।

आरतीको हत्या दाइजोकै निहुँमा भएको उनका बुवा नगराइन नगरपालिका ८ का विनोद प्रसाद साहको आरोप छ । उनले जिल्ला प्रहरी कार्यालय धनुषामा आरतीको हत्या गरेको भन्दै उनका श्रीमान मोतीबाबु, देबर रवि, ससुरा मोहन र सासु रेणुमाथि किटानी जाहेरी दिएका छन् ।

प्रहरीले अहिले उजुरी दर्ता गरेको छैन । उनले उजुरीमा छोरी आरतीको विवाहमा २५ लाख रुपैयाँ खर्च गरेको दावी गर्दै भनेका छन्– थप दाइजोका लागि पटक पटक यातना दिदै आएको थियो । तर आफू एक न एक दिन सब ठिक हुन्छ भन्ने आशामा बसेको थिए ।

आरतीको शरिरको विभिन्न भागमा निलडाम देखेपछि घटनास्थल पुगेको र त्यहाँ पुग्दा कुटपिट गरी ज्यान मारेको स्थानीयबाट खुल्न आएको दावी उजुरीमा गरिएको छ ।

यता, धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले आरतीको शव झुण्डिएको अवस्थामा फेला परेको र अहिले थप अनुसन्धान भइरहेको बताए । उनका अनुसार माइत पक्षले दाइजोको निहुँमा हत्या भएको भनेर जाहेरी पनि दिएको छ । तर पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै यर्थात् खुल्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]