०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

मधेश दृष्टि पत्रीकाका सम्पादक रामकुमार एलनले भ्रष्टाचार गरेको ठहर

Logo
प्रकाशित बिहिबार, आषाढ १४, २०८०

जनकपुरधाम ,१३ असार।मधेश प्रदेश प्रकाशन समूहद्वारा जनकपुरधाम र वीरगन्जबाट प्रकाशित मधेश दृष्टि राष्ट्रिय दैनिक पत्रीकाका सम्पादक राम कुमार रिजाल ‘एलन’ले भ्रष्टाचार गरेको ठहर भएका छ्न।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पाैडेलसहितको इजलाशले सम्पादक एलनलाई भ्रष्टाचारी ठहर गरेको हो । विशेषले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को १ र १(घ)को व्यवस्था अनुसार कसुर ठहर गरेको छ।

त्यसैगरी , नेकपा एकीकृत समाजवादीका नेता एवं मकवानपुरको कैलाश गाउँपालिकाका पूर्व अध्यक्ष टंक बहादुर मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापामगर, सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेल पनि भ्रष्टाचारी ठहर भएका छन ।

विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मागदाबी गरे अनुसार नै अभियुक्तहरूको भ्रष्टाचार ठहर गरेको हो । यसअघि २०७८ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) बमोजिम मोक्तान र रिजालसहित मकवानपुरको कैलाश गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापाल त्रिलोक थापा मगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेलको विरूद्धमा भ्रष्टार मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को १ र १(घ)को व्यवस्था अनुसार कसुर ठहर गरेको छ।

आयोगले अध्यक्ष मोक्तान, फिलिंगो मिडियाका सञ्चालक पत्रकार रामकुमार रिजाल लगायतको संलग्नतामा रु.२,६०,९००।- (अक्षेरूपी दुई लाख साठी हजार नाै सय रूपैयाँ) भ्रष्टाचार भएको ठहर सहित मुद्दा दर्ता गरेको थियो । आयोगले युवा क्षमता बिकास तालिम र आधारभूत पत्रकारिता तालिम कार्यक्रम संचालन गर्दा अनियमितता भएको अनुन्सधानबाट पत्ता लागेको थियो । उक्त तालिम दिनका लागि नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र उपमहासचिव डा विजय पाैडेल लगायत पनि पुगेका थिए ।

सम्पादक एलन माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको जनवर्गिय संगठन समाजवादी प्रेस संगठनका महासचिवसमेत रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]