०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

जनतामा समर्पित भएर काम गर्ने प्रयास गर्दैछौं : उपाध्यक्ष ई.दीपक साह

Logo
प्रकाशित सोमबार, आषाढ १८, २०८०

जनकपुरधाम,१८ असार।जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई.दीपक कुमार साहले आफ्ना पार्टीले जनतामा समर्पित भएर काम गर्ने प्रयास गरिरहेको बताए।

न्यूजमधेशसंग कुरा गर्दै उपाध्यक्ष साहले संघीय सरकारले आर्थिक वर्ष २०८०/०८१ को लागि ल्याएको बजेट मधेश बिरोधी रहेको बताए।उनले,’हामी जुन कुरा उठाउँछौं, त्यसका लागि जनतामा समर्पित भएर काम गर्ने प्रयास गर्छौं । बजेटमा असन्तुष्टि भएपछि सरकारको समर्थक भएपनि बजेटलाई समर्थन नगरेको उपाध्यक्ष साहले भन्नुभयो।’

हामी जनताको साथमा छौं, जनता अहिले आन्दोलित छन् । तर, केही दलहरुले दोगलागिरी गरेको कारणले बजेट पारित भएको उपाध्यक्ष साहले आरोप लगाए ।उपाध्यक्ष साहले, ‘बजेट पारित हुनु एक दिन अगाडि जसपाका अध्यक्ष उपेन्द्र यादवले बजेट सुधारिनुपर्छ, यथास्थितिमा पारित हुन दिन्नौं, बजेट मधेश विरोधी छ भन्नुभयो। तर, उहाँले आफ्नो पार्टीका सबै सांसदलाई ह्वीप लगाएर बजेट पारित गर्न लगाउनुभयो।भनेपछि उहाँजस्तो दोगलागिरी प्रवृत्तिले गर्दा मधेश झन् दल–दलमा फँस्दै गएको,’उनले आरोप लगाएका छ्न।

जनता अझै पनि सचेत भएन भने मधेशी जनता झन् गुलाम बन्दै जान्छ । यस्ता दोगलाहरुबाट मधेशी जनता अब सावधान हुनुपर्छ । आजको दिनमा डा.सीके राउत मात्रै मधेशी जनताको पक्ष खडा रहेको उपाध्यक्ष साहले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]