०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

जब मन्त्री सीके गुप्ता होस्टेलमा छिरेपछी…!

Logo
प्रकाशित शनिबार, आषाढ २३, २०८०

बुटवल, २३ असार ।रोल्पाको माडी गाउँपालिकाका बिशाल पुन मगर शनिबारको दिन नुवाईधुवाई गरेर होस्टेलको आफ्नो कोठामा ओछ्यानमा पल्टेर पुस्तक पढिरहेका थिए । त्यहीबेलामा एकजना अपरिचित युवा उनको कोठामा पसेर “के छ बाबु ? पढाई चलिरहेको छ ?” भनेर एक्कासी सोध्दा झसंग भए । तेश्रो तलामा रहेको होस्टेल भित्र होस्टेल वार्डेन, कर्मचारी, विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष बाहेक अरु नयाँ व्यक्ति विरलै पुग्ने भएकोले कोठामा नयाँ मान्छे देख्दा उनी एकछिन अलमलमा परे ।

मन्त्रीले सन्चो बिसन्चो र पढाईको बारेमा सोधेपछि विशालले उठेर सोधेका कुरा खुरुखुरु बताए । कोठामा प्रवेश गरेको मान्छेले होस्टेलमा कुनै समस्या वा आवश्यकता छ कि भनेर सोध्दा उनी के भन्ने भनेर केहीबेर अकमक्क परे । उनी अलमलमा परेको देखेर कोठामा प्रवेश गरेको युवाले आफु लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्री भएको भएको बताए ।

“हाम्रो बारेमा सोध्न मन्त्री आउलान भन्ने सोचेको पनि थिइन, एक्कासी मन्त्रीलाई अगाडि देख्दा के भने भन्ने भयो”– मगरले भने ।

नयाँ मान्छे देख्दा विशाल जस्तै होस्टेलमा बसिरहेकी किरण थापा अचम्ममा परेकी थिइन् । आमा बुवा गुमाएकी थापा गुल्मी धुर्कोटबाट कालिका मानवज्ञान माविमा आएर विद्यालयको होस्टेलमा बसेर कक्षा ५ मा अध्ययन गरिरहेकी छन् । होस्टेल वार्डेन सहित मन्त्री कोठामा पुग्दा उनले गृहकार्य गरिरहेकी थिइन् । नयाँ मान्छे कोठामा पस्दा अलमलमा परेकी उनले पछि मन्त्री आएको थाहा पाएपछि होस्टेलको सेवा सुविधा र पढाईको बारेमा बताएकी थिइन् ।

“मैले त कालिकाको होस्टेलमा निःशुल्क बस्न र विद्यालयमा अध्ययन गर्न पाएकी छु. तर म जस्तै अनाथ र द्वन्द्वपीडित सयौ बालबालिकाहरु छन् । प्रदेश सरकारले विद्यालयको होस्टेललाई अझ सहयोग गरेर मजस्तै धेरै बालबालिकालाई शिक्षाको अवसर दिलाउनुस् मन्त्रीज्यू”– उनले मन्त्रीलाई अनुरोध गरिन् ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता शनिबार कालिका मानवज्ञान माविको निरीक्षणमा जाँदा विद्यालयले अनाथ, असहाय, द्वन्द्वपीडितको लागि सञ्चालन गरेको निःशुल्क होस्टेल अवलोकन गर्न पुगेका थिए । होस्टेलमा उनले विद्यार्थीहरुसँग बेग्लाबेग्लै भेटघाट र सामूहिक अन्तत्र्रिmया गरेका थिए । विद्यार्थीहरुले विद्यालयको होस्टेलमा निःशुल्क बस्न, लगाउन र निःशुल्क पढ्न पाएकोमा खुशी लागेको भएपनि विद्यालय पछिको उच्च शिक्षा कसरी हासिल गर्ने भन्ने चिन्ता लागेको बताएका थिए । केही विद्यार्थीहरुले भने मन्त्री गुप्तासँग खेलकुदका सामग्रीहरुको माग गरेका थिए ।

होस्टेलमा पुगेका मन्त्री गुप्तालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यालयको शैक्षिक अवस्था, विद्यालयले गरेका असल अभ्यास र भावी योजनाहरुको जानकारी गराएका थिए । उनले कालिकामा अनाथ, असहायको लागि संचालित निःशुल्क छात्राबासको क्षमता विस्तार गर्न र दिगो बनाउनको लागि प्रदेश सरकारले दीर्घकालीन श्रोतको सुनिश्चितता गरिदिनको लागि मन्त्रीलाई आग्रह गर ।

सबैको कुरा सुनेपछि मन्त्री गुप्ताले सामाजिक विकासको आधार शिक्षा भएकोले सार्वजनिक शिक्षालाई सबैको पहुँचमा पु¥याउन र गुणस्तरीय शिक्षाको सुनिश्चितताको लागि आफुसँंग योजनाहरु भएपनि बजेटको सिमितता, कानूनी अड्चन र प्रशासनिक झन्झटले तत्कालै परिणाम देखिने गरी काम गर्न नसकेको बताए । उनले कालिका मानवज्ञान माविले गरेका असल अभ्यासहरुको प्रशंसा गर्दै विद्यालयले लुम्बिनी प्रदेशलाई नेपालको शैक्षिक क्षेत्रमा चिनाउने काम गरेकोले विद्यालयको विकासको लागि प्रदेश सरकारको तर्फबाट सबै किसिमको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

दुई घण्टा विद्यालयमा विताएका मन्त्री गुप्ताले आधाजसो समय होस्टेलका विद्यार्थीहरुसंग भेटघाट, कुराकानी र छलफलमा बिताएका थिए ।-बुटबल टुडे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]