०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

समाचार लेखेको निहुँमा अधिकृत यादवले गुण्डा परिचालन गरि पत्रकार रोहितामाथी निर्घात कुटपिट

Logo
प्रकाशित सोमबार, आषाढ २५, २०८०

जनकपुरधाम,२५ असार।पालिकामा भएको अनियमितता तथा बेथिति विरुद्ध समाचार लेखेको निहुँमा धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित यादवले आफ्ना भाइ तथा गुण्डाहरु परिचालन गरि मकालु खबरका मधेश प्रदेश ब्यूरो प्रमुख पत्रकार सिबेन्द्र रोहितालाई निर्घात कुटपीट गरेका छ्न ।

२४ घण्टा प्रहरी उपस्थित रहने जनकपुरको व्यस्त बजार भानु चोकमा बा १२ च ४२४३ नम्बरको स्कारपियो गाडी लिएर आएका उनीहरूले पत्रकार रोहिता माथी आक्रमण गरेका हुन् ।

पत्रकारमाथि आक्रमण भईरहेको हेरेपछि स्थानीयहरुले प्रतिकार गर्दै लखेटेपछि उनीहरूले स्कारपियो गाडी छाडेर भागेका छन् । प्रहरीले उल्टै आक्रमणकारीहरुलाई सहयोग गरेको पत्रकार रोहिताले बताएका छन् ।

आक्रमण गर्नेहरुमा अधिकृत यादवका भाइ स्वीटा भन्ने सुनिल अधिकारी, बिल्ला भन्ने सोनु कर्ण, मिठ्ठु लगायतका युवाहरुलाई आफूले चिनेको पत्रकार रोहिताले बताए । आक्रमण बाट घाइते पत्रकार रोहिताको जनकपुरको धनुषा अस्पतालमा उपचार भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]