०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

रौतहटबाट लागूऔषधसहित दुईजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ २९, २०८०

रौतहट,२९ असार। रौतहटको चन्द्रपुर नगरपालिका १० चेतनगर बजारबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान लागूऔषध गाँजासहित सर्लाही गडैता नगरपालिका–३ का ८ वर्षीय किसन ठाकुर र रौतहटको बृन्दावन नगरपालिका–९ का ३८ वर्षीय हरिन्द्र साहलाई पक्राउ गरेको हो ।

उनीहरुलाई १३ वटा प्लास्टिकको पुरियामा लागूऔषध गाँजा बेच्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।

पक्राउ परेका दुवैलाई लागूऔषधसम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]