०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

जनकनन्दिनी जनस्वास्थ्य प्रयोगशाला संचालन भएपछि स्थानीयबासी खुसी

Logo
प्रकाशित शुक्रबार, आषाढ २९, २०८०

जनकपुरधाम,२९ असार । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाको खजुरीमा जनस्वास्थ्य प्रयोगशाला संचालनमा ल्याएपछि स्थानीयबासी खुसी भएका छ्न।

विहिबार एक कार्यक्रमबीच जनकनन्दिनी जनस्वास्थ्य प्रयोगशालालाई गाउँपालिका अध्यक्ष दिपिनदेव यादव र उपाध्यक्ष कमला सहगलले सँयुक्त रुपमा उदघाटन गरेको गरेका हुन।जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले स्थानीय तहसंग प्रदेश सरकारको स्वास्थ्य समन्वय कार्यक्रम अन्तर्गत जनकनन्दिनी गाउँपालिकाको खजुरीमा प्रयोगशाला सँचालनमा आएको बताए।

उनले प्रयोगशालामा थाईरोइड बाहेका सबै प्रकारको चेकजांच हुने भएपछि यहाँका नागरिकले जनकपुर वा सिरहा नै जानुपर्ने बाध्यता पनि अन्त्य भएको गाउँपालिका अध्यक्ष यादवले भने ।

नेपाल–भारतको सीमासंगै रहेको जनकनन्दिनी गाउँपालिकाका बासिन्दाहरु ल्याब नहुँदा भारतको जयनगर, देवधा वा अन्य ठाउँमा जानुपर्ने बाध्यता थियो । जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरीमा सँचालनमा आएको ल्याबमा सबै चेकजाँच हुने भएपछि अब जयनगर वा जनकपुर जानुपर्ने बाध्यता अन्त्य भएको दाबी गाउँपालिका अध्यक्ष यादवको छ ।

ल्याब टेष्टको लागि प्रकृति अनुसार न्युन्त्तम २५ रुपैयाँदेखि अधिकत्तम ३०० रुपैयाँसम्म चार्ज रहेको जनकनन्दिनी गाउँपालिकाका स्वास्थ्य शाखा सँयोजक रविभुषण मण्डलले जानकारी दिए । उनका अनुसार, टेष्टको प्रकृति अनुसार न्युन्त्तम दरमा चेकजाँच हुनेछ ।

जनकपुर वा अन्य ठाउँमा सोही चेकजाँचको लागि ५०० देखि १५०० सम्म लिने गरेकोमा यहाँ कम रेटमा चेकजाँच हुने मण्डलले बताए ।

ल्याब उदघाटनको क्रममा वडा नं. ४ का वडाध्यक्ष दिलिप यादव, वडा नं. ३ का वडाध्यक्ष विष्णुदेव साह, वडा नं. ६ का वडाध्यक्ष सूर्यदेव यादव, वडा नं. १ का वडाध्यक्ष सँतोष गोईत, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्यचौकीका कर्मचारीहरुको समेत सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]