११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

बलान बिहुल गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

Logo
प्रकाशित शनिबार, आषाढ ३०, २०८०

लोकेन्द्र प्रसाद यादव
बोदे बर्साईन,३० असार। सप्तरीको बलान बिहुल गाउँपालिकाले आफ्नै सात कोठे नव -निर्मित प्रशासनिक भवनको शुक्रबार गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव र उपाध्यक्ष रेणु यादवले संयुतm रुपमा समुद्घाटन गरेको हो ।

साविक मलहनियाँ गाउँ विकासको कार्यालयको सांघ्रो ठाउँबाट सेवा प्रदान गर्दै आएका गाउँपालिकामा सेवा लिने सेवाग्रहीहरु ठाउँ अभावमा सास्ती खेप्दै आएको थियो । आफनै आधुनिक भनव सेवा सुरु भएपछि एकद्धार प्रणालीमा सवो प्रवाह गरिने गाउँपालिकाले जनाएको छ ।

अन्सुम नाईरा जेभी काठमाण्डौले दुई करोड अरतीस लाख उन्साठी हजारमा भ्याट सहितको लागतमा एक तले दुई वटा ब्लक बनाउन २०७८ असार २३ गते तीन वर्षमा बनाउने सम्झौता भएको थियो । जसमा सात कोठे एक तल्ले प्रशासनिक भवनको एउटा व्लक काम सम्पन्न गरि निर्माण कम्पनीले पालिकालाई हस्तान्तरण गरिसकेका छन ।

हालसम्म एक करोड बीस लाख भुक्तानी निर्माण कम्पनीलाई गरेको र उक्त ठेक्काको ६० प्रतिशत काम भईसकेकोले थप अर्को ब्लकको सात कोठे एकतल्ले भवन पनि तयार गरेर हस्तान्तरण गरिसक्नु पर्ने गाउँपालिकाको इन्जिनियर अवधेश यादवले बताउनुभयो ।

एक भव्य समारोहका बीच भवनको समुद्घाटन गर्नु हुँदै गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले आफ्नै सुविधा सम्पन्न भवन भएपछि गाउँपालिकाको नागरिकलाई विगतभन्दा सहज र गुणस्तरीय सेवा प्रदान गर्न टेवा पुग्ने बताउनुभएको छ ।

एकदम कार्यालय संघरो ठाउँमा भएपनि सहज सेवा दिदैँ आएकोमा नयाँ भवनमा हामी राष्ट्रय सेवक कर्मचारीको नातालाई आधुनिक तरिकाले डिजिटल बलान बिहुलको आवधारणलाई प्रभावकारी बनाई सहजताका साथ सेवा प्रदान गर्ने प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसयैतले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]