०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

बारामा ३० प्रतिशत मात्रै धान रोपाइँ

Logo
प्रकाशित शनिबार, आषाढ ३०, २०८०

बारा,३० असार ।मधेश प्रदेशका बारा जिल्लामा अहिलेसम्म ३० प्रतिशत धान रोपाई भएको छ । कृषि ज्ञान केन्द्र कलैयाकाअनुसार जिल्लाको दक्षिण भेगको तुलनामा उत्तरतर्फ रोपाइँ बढी भएको छ ।

यसपटक लगातारको खडेरीका कारण किसानले समयमै बीउ राख्न नपाएको, ढिलो गरी राखेको बीउ तयार हुन समय लागेको र पानी पनि कम परेको किसानहरूको गुनासो छ ।

कृषि ज्ञान केन्द्र कलैयाका बाली विकास अधिकृत राजनारायण प्रसाद साहले गत वर्ष असार मसान्तसम्म ६० प्रतिशतभन्दा धेरै रोपाइँ भए पनि यसपटक पानी नपरेकाले ३० प्रतिशत मात्रै रोपाइँ भएको बताएका छन् । बारामा १५ हजार ५ सय हेक्टरमा ६८ हजार ३९९ मेट्रिक टन चैते धान उत्पादन हुने गर्दछ भने बर्खे धान अन्तर्गत भदौमा पाक्ने ११ हजार ९०५ हेक्टरमा ५१ हजार १९१ मेट्रिक टन र कात्तिक, मंसिरमा पाक्ने प्रजातिको धान ३४ हजार ११५ हेक्टरमा १ लाख ४३ हजार २८७ मेट्रिक टन उत्पादन हुने गर्दछ ।

बाली विकास अधिकृत साहले यसपटक किसानले ढिलो बीउ राखे पनि अगामी दिनमा मौसम राम्रो भएर पानी परेमा उत्पादनमा खासै कमी नआउने बताए । बारामा किसानहरूले हर्दिनाथ–१, सावा मन्सुली सव–१, बासमति र खुला सिमानाका कारण भारतीय सोना मन्सुली प्रजातिका धान लगाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]