०२ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

जनकपुरमा जनमतको पक्षमा लहर

सन्तोष चौधरीको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन भएको छ।
Logo
न्यूज मधेश प्रकाशित आइतबार, साउन ०७, २०८०

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा जनमत पार्टीको पक्षमा व्यापक जनलहर देखिएको छ ।

जनमत पार्टी पर्यवेक्षक डा. प्रसन्न झाको प्रमुख आतिथ्यतामा जनकपुरधाम उपमहानगर – १५ रामपुरमा शनिबार वडा तदर्थ समिति गठन भएको छ । सो कार्यक्रममा व्यापक जनसभागिता रहेको झाले जनाए ।

सन्तोष चौधरीको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन भएको छ। उक्त समारोहमा सयौंको संख्यामा अन्य पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई नेता झाले खादा तथा माला लगाई पार्टीमा स्वागत गरेका थिए ।

उक्त अवसरमा जनमत पार्टीका नेताहरु सर्वश्री सुरेश साह, साबिर राईन र नगर संयोजक रणजीत राय तथा पंकज चौधरीसहित अन्य गन्यमान्यसमेतको व्यापक उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज , ७ भदौ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कङ्कालिनी भगवती मन्दिरदेखि पूर्व कोसी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ । केराखेतीमा बाढी पसेर बोटै सुक्न थालेपछि उनीहरु चिन्तित बनेका छन् । स्थानीय किसान दिनेशकुमार राउतले निरन्तरको वर्षाले केरा बगान डुबानमा परेपछि बोटै सुक्न थालेको जानकारी दिनुभयो । असार साउनमा आएको बाढीले केराबारीमा […]

राजविराज । उज्यालो र व्यवस्थित सहर निर्माण गर्न राजविराजको मुख्य बजार क्षेत्रमा सिसी क्यामरा जडान गरिएका छन् । गत आर्थिक वर्षको नगरसभाले विनियोजन गरेको रु ५० लाख बजेटबाट राजविराज नगरक्षेत्रभित्र एक सय २३ ठाउँमा क्यामरा जडान गरिएका छन् । राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविनका अनुसार नगरमा दैनिक चोरीका घटना तथा सवारीसाधनको चाप बढेका कारण […]

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले स्थानीय भूउपयोग क्षेत्र वर्गीकरण मापदण्ड २०८१ परित गरेपछि जग्गा वर्गीकरण कित्ताकाट हुने भएको छ । सरकारले जग्गा वगीकरण तथा कित्ताकाटको अधिकार स्थानीय तहमा प्रत्यायोजन गरेसंगै जग्गा वर्गीकरणका कारण खरिदविक्रिदेखि सम्पूर्ण कारोबार नै ठप्प रहेको अवस्थामा कमला नगरपालिकाले जग्गा वर्गीकरण सम्बन्धी मापदण्ड राजपत्रमा प्रकाशित गरेसंगै स्थानीयवासीलाई सहज हुने भएको छ । […]