०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

जनमत पार्टीद्वारा मिसन-८४ अभियान सुरु

Logo
न्यूज मधेश प्रकाशित शनिबार, साउन १३, २०८०

सप्तरी,१३ साउन । जनमत पार्टी यतिखेर मिसन ८४ को अभियानमा सक्रिय देखिन्छ । मधेस प्रदेशमा दुई तिहाइ बहुत ल्याएर आफ्नै सरकार बनाउने तथा केन्द्रमा पनि अत्यधिक सिट ल्याएर गठबन्धनको सरकारमा प्रधानमन्त्री बन्ने मिसन जनमत पार्टीको रहेको छ ।

जनमत पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता शरदसिंह यादवले ३२ सिट भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएर देश चलाउन सक्छन् भने जनमत पार्टीले पनि ४०–५० वटा सिट ल्याएर पार्टीका अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री किन नबनाउने भन्दै त्यसका लागि अहिलेदेखि नै संगठन विस्तारमा जोड दिनुपर्ने धारणा राखेका छन् । जनमत पार्टीद्वारा सप्तरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अगामी चुनावपछि मधेसमा जनमतले आफ्नै नेतृत्वमा सरकार बनाउन मिसन ८४ सुरु गरिएको धारणा राख्दै प्रवक्ता यादवले केन्द्रीय सत्ताको राजनीति अहिले जस्तै रहिरह्यो भने जनमत पार्टीका अध्यक्ष राउतले पनि प्रधानमन्त्रीका लागि दाबी गर्ने बताएका हुन् ।

‘अधिकार लिनका लागि शक्ति चाहिन्छ र त्यो शक्तिको उपस्थिति सदनमा भयो भने मात्र जनमतले मधेसी जनताको अधिकार दिलाउन सक्छ,’ प्रवक्ता यादवले मिसन ८४ मा काम गर्नका लागि पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

त्यही कार्यक्रममा जनमतका अध्यक्ष सीके राउतले पनि संगठन सुदृढीकरण गरेर रणनीतिक ढंगबाट अहिलेदेखि अगाडि बढे मात्र २०८४ को चुनावमा सफल हुन सकिन्छ भन्ने धारणा राखे । ‘अहिलेदेखि नै त्यसको तयारीमा लागिएन भने चुनावको समयमा अगाडि बढ्न गाह्रो हुन्छ,’ राउतको भनाई थियो ।

काँग्रेस, माओवादी, एमाले, जसपा, लोसपा छाडेर स्थानीय तहका नेताहरू जनमत पार्टीमा प्रवेश गरेका छन् ।नव प्रवेशी नेतालाई अध्यक्ष राउतले टिका र माला लगाएर स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]