०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

जसपाका नेता यादव जनमतमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित आइतबार, साउन २१, २०८०

काठमाडौँ,२१ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) का युवा नेता संजय यादव जनमत पार्टीमा प्रवेश गरेका छन् ।

जसपाको रौतहट कार्यसमिति सदस्य नेता यादव आजै जनमत पार्टीमा प्रवेश गरेका हुन् । उनलाई पार्टीका अध्यक्ष डा.सिके राउतले सदस्यता प्रदान गरि पार्टीमा प्रवेश गराए ।

सामाजिक अभियन्ता समेत रहेका उनी २०७९ मा भएको स्थानीय चुनावमा लोसपाले टिकट नदिएपछि जसपाबाट टिकट लिएर चुनाव लडेका थिए । तर चुनावमा पार्टीकै नेताबाट धोका भएको भन्दै उनले जसपासँग पनि असन्तुष्टि जनाउँदै आएका थिए ।

उनले भने, ‘जसपामा बडो उत्साहका साथ टिकट लिएर चुनाव लडेँ, तर त्यही क्षेत्रका नेताहरुले षड्यन्त्रपूर्वक मलाई चुनाव हराउने काम गर्नुभयो, यो कुरा मैले पटक पटक पार्टीमा राखे तर कुनै सुनुवाई भएन ।’

पुराना दलहरुले मधेशका मुद्दा विसर्जन गरेको आरोप लगाउँदै उनले परिवर्तित अवस्थामा नयाँ ढंगबाट अगाडि बढ्नका लागि जनमतलाई रोजेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]