०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

जनमत पार्टीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधहरुको जनमत संकलन गर्ने, मतदाता नामावली सार्वजनिक

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, साउन २३, २०८०

जनकपुरधाम । जनमत पार्टीले निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको अप्रूवल रेटिङ (जनमत संकलन)का लागि मतदान गराउने भएको छ । मतदानका लागि आज मतदाता नामावली सार्वजनिक गरिएको छ ।

जनमत पार्टीबाट २ प्रमुख, १ उपप्रमुख र १९ वडाध्यक्ष निर्वाचित भएका छन् । जनमतबाट सप्तरीको बलान विहुल गाउँपालिका अध्यक्षमा खेमचन्द्र यादव, सोही पालिकाको उपाध्यक्षमा रेणु यादव र हनुमाननगर कंकालिनी नगरपालिका नगरप्रमुखमा बिरेन्द्र माझी निर्वाचित छन् ।

निर्वाचित जनप्रतिनिधिको जनमत संकलनका लागि सम्बन्धित पालिका तथा वडामा मतदाता नामावली सार्वजनिक गरिएको छ । सम्बन्धित स्थानका जनमत पार्टीका सदस्यलाई मतदाता तोकिएको जनमत पार्टी केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जनाएको छ ।

मतदान साउन २७ गते शनिवार विहान ११ बजेदेखि हुनेछ । साउन २४ र २५ गते मतदाता सूचीमा दावी विरोध गर्न सकिने र साउन २६ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

‘राइट टु रिकल’ अन्तर्गत जनमत पार्टीले पालिकामा निर्वाचित जनप्रतनिधिको जनमत संकलन गरिने तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]